
काठमाडौं, २३ कात्तिक । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो । यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया