५ असार २०८३, शुक्रबार

कर्पोरेट ग्राहकलाई लक्षित गर्दै नेपाल टेलिकमले ल्यायो मल्टिपल टिभी सेवा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टीभी जडान गर्ने व्यवस्था गरेको छ । यसअन्तर्गत ४ वटा वा सो भन्दा बढी टीभी जडान गर्न सकिने टेलिकमले जनाएको छ ।

मल्टिपल टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने टेलिकमले जनाएको छ ।

४ देखि १० वटा टीभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ९ सय ३८ रुपैयाँ रुपैयाँमा मा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी टीभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ८ सय २५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् । यस सेवासम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ ।