२९ जेष्ठ २०८३, शुक्रबार

यस्तो छ ब्रह्मानन्दम अभिनीत ‘ह्रस्व दीर्घ’को ट्रेलर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार राइजिङ मल नेपालमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा नक्षत्र, ग्रह र भाग्य भएका प्रेममा रहेका जोडीको सम्बन्धलाई देखाइएको छ ।

चलचित्रमा अभिनेता हरिहर अधिकारी, अभिनेत्री नीता ढुंगाना, रेखा थापा, विपना थापा, साउथका कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहनको अभिनय रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ ।

फिल्म कात्तिक ३० देखि देशभर रिलिज हुँदैछ ।