
काठमाडौं, २० कार्तिक । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–
१. ओलीलाई निम्तो : चीनले पठायो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो ।
२. प्रधानमन्त्री बिरामी : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी, अत्यावश्यक बाहेक भेटघाट बन्द ।
३. जेल जाने भए दीपक मनांगे : गण्डकी प्रदेशका सांसद दीपक मनांगे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद फैसला ।
४. प्रहरी परिचालन : दीपक मनांगेलाई पक्राउ गर्न प्रहरी परिचालन ।
५. हिरासत बसाई लम्बियो : रास्वपा सभापति रवि लमिछानेलाई थप दश दिन थुनामा राख्न अदालतको अनुमति ।
६. पक्राउ : रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ८ जना पोखरामा पक्राउ ।
७. रिट खारेज : भारतसँग गरिएको १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता विरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज ।
८. छवि र लिला पनि थुनामै : छविलाल जोशी र लिला पछाईँलाई पनि थप दश दिन हिरासतमै राख्न अदालतको अनुमति ।
९. ११ जना सिफारिस : कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसबाट ११ जनाको नाम सिफारिस ।
१०. सुनिता उम्मेदवार : जाजरकोटको नलगाढ नगरपालिकाको उपमेयरमा एमालेले सुनिता बोहोरालाई बनायो उम्मेदवार ।
११. रास्वपाको चेतावनी : सडकबाट लड्नुपरे जस्तोसुकै मूल्य चुकाउन तयार रहेको रास्वपाको चेतावनी ।
१२. बैठक आह्वान : एमालेले कार्तिक २४ गतेका लागि बोलायो सचिवालय बैठक ।
१३. निकालियो शव : सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुईजनको शव निकालियो ।
१४. उत्तर कोरियाली सैनिकमाथि आक्रमण : उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको अधिकारीको भनाइ ।
१५. नेइमार फेरि घाइते : एक वर्षपछि मैदान फर्किएका फरवार्ड नेयमार पुनः घाइते ।








प्रतिक्रिया