२२ असार २०८३, सोमबार

हायातले नेपालमा आफ्नो ब्रान्डको विस्तारका लागि ‘हायात रेजेन्सी लुम्बिनी’ खोल्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । हयातले नेपालमा आफ्नो ब्रान्डको विस्तार गर्दै लुम्बिनीमा नयाँ होटल खोल्ने घोषणा गरेको छ । हयात होटल्स कर्पोरेसनले गोल्यान ग्रुपको वेदा होस्पिटालिटी प्राइभेट लिमिटेडसँग सहकार्य गरी ‘हयात रेजेन्सी लुम्बिनी’ सञ्चालनमा ल्याउन लागेको हो ।

‘ह्यात रेजेन्सी लुम्बिनी’ १७५ कोठाहरूको होटल नेपालमा चौथो ह्यात ब्राण्डको होटल हुनेछ र गोल्यान समूहसँगको दोस्रो होटलको रूपमा परिचित रहनेछ ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनी शान्त र आध्यात्मिक महत्व बोकेको नगर हो । लुम्बिनीले संसारभरका यात्रुहरुलाई आकर्षण गर्दछ । विश्व सम्पदा सूचीमा सूचीकृत रहेको स्थान लुम्बिनी ऐतिहासिक सम्पदाहरूको विशाल बगैंचा हो ।जसमा अशोक स्तम्भ, विभिन्न गुम्बा र अन्तर्राष्ट्रिय मन्दिरहरू रहेका छन्, जसले विश्वभरका बौद्ध परम्पराहरूलाई प्रतिबिम्बित गर्दै सांस्कृतिक प्ररम्परालाई आदानप्रदान गर्न प्रोत्साहन गर्दछ ।

दानो नदीको मनमोहक किनारमा रहने ‘हायात रेजेन्सी लुम्बिनी’ धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमै हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल शहर र नेपाल–भारत सीमाको नजिक ‘ह्यात रेजेन्सी लुम्बिनी’ अवस्थित रहेने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्‍याउनका निम्ति महत्वपूर्ण योगदान गर्नेछ ।

हयात रीजेन्सी लुम्बिनी २०२८ सम्ममा खुल्ने अपेक्षा गरिएको छ ।

‘नेपाल दक्षिण–पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हामी हायात रेजेन्सी ब्रान्डसँग लुम्बिनी प्रान्तमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहयोगको अपेक्षा गर्दैछौँ । लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक , यसलाई समृद्ध तुल्याउनका निम्ती ह्यातले जमाएको विरासतले विश्वभरका यात्रुलगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहन्छ । यसले हयातको संसारभरका महानुभाव, ग्राहक र संञ्तालकको मनपर्ने गन्तव्य रुपमा हाम्रो ब्रान्डको दायरालाई सोचविचार गर्दै विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछु ।’ भारत र दक्षिण–पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले भने ।

‘हायातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हयात रेजेन्सी ब्रान्डको होटलको उद्घाटन गर्न पाउँदा अत्यन्तै खुशी छौँ ।’ गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने, ‘गोल्यान हायात रेजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो, जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पुर्‍याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन गर्दछ । हामी विश्वास गर्छौँ कि यो होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्नेछ र नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्नेछ ।’

हायात रेजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपाली पनको मिश्रणसहितका हुने बताइएको छ ।

लुम्बिनीमा विस्तार हुन लागेको हायात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नको लागि ध्यानपूर्वक डिजाइन गरिएको छ । ११ एकड जमिनमा फैलिएको लुम्बिनी हायात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरू र अन्य सुविधाहरू जस्तै अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी, र अन्य मनोरञ्जनका सुविधाहरू रहने छन् ।

हयातको वर्तमान पोर्टफोलियो भारत र दक्षिण–पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र नेपालमा २ रहेकोमा अन्दाज, अलिला, हायात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क हायातलगायतका नौ वटा ब्राण्डहरु रहेका छन् ।