
काठमाडौं, १६ कात्तिक । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक दिपेशबाबु तिवारी नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा बढुवा भएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले तिवारीलाई डिसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।
तिवारीले वित्तीय क्षेत्रमा धेरै अनुभव बटुलेका छन् । उनले विभिन्न विभागहरूमा महत्त्वपूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गरिसकेका छन् ।
तिवारीले बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभवसहित कार्यकारी–एमबिए शिक्षाका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, कार्यशाला, सेमिनारमा सहभागी भइसकेका छन् र स्रोत व्यक्तिका रूपमा आमन्त्रित पनि भएका छन् ।
कम्पनीमा सहायक महाप्रबन्धकको रूपमा आवद्ध हुनु अघि तिवारी ग्लोबल आईएमई बैंक लिमिटेडमा आबद्ध रहेका थिए ।








प्रतिक्रिया