२७ असार २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : उपाधि जित्न नसक्दा स्तब्ध नेपाल, तिहारको दोस्रो दिन कागको पूजा गरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कार्तिक । साफ महिला च्याम्पियनसिपको उपाधि नजिक पुगेर नेपाल पराजित भएको छ ।

आज दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशमा २–१ ले पराजित भएको हो । पराजित भएसँगै नेपाली खेलाडीहरूले मैदानमै आँसु झारेका थिए ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. घरेलु मैदानमै नेपाल स्तब्ध : नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिको उपाधि ।

२. प्रधानमन्त्रीको सान्त्वना : साफ महिला च्याम्पियनसिमा नेपाल बंगलादेशसँग पराजित भएपछि प्रधानमन्त्रीले भने– नेपाली खेलाडीले उत्कृष्ट खेले, अब अर्को तयारी जित्नेगरी हुन्छ ।

३. पूर्वमुख्यसचिवलाई सफाइ : पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ, विकल पौडेल र सफल श्रेष्ठ दोषी ठहर ।

४. एकताबाट वाक्क भएका प्रचण्ड : अब आफैँ बदलिने र कम्युनिस्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताउँदै एकताको कुरा धेरै गरेर नहुने माओवादी अध्यक्ष प्रचण्डको भनाइ ।

५. झुठा मुद्वा लगाइएको निष्कर्ष : साझेदार ठग हुँदैमा सबै ठग नहुने भन्दै रविलाई झुटा मुद्दा लगाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष ।

६. होला छानबिन ? : काँग्रेस उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने गृहमन्त्री रमेश लेखकको भनाइ ।

७. गृहमन्त्रीको स्पष्टोक्ति : प्रतिशोध साँधेरे कसैलाई पक्राउ नगरिएको गृहमन्त्रीको स्पष्टोक्ति ।

८. देश डुब्यो : देश कसरी डुब्यो हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भनाइ ।

९. कारण देखाउ : एन्फाले नेपाल र बंगलादेशबीचको खेलको टिकट बिक्रीको जिम्मेवारी खोसेको विषयमा माउन्ट एभरेस्ट एन्ड इभेन्ट्स प्रालिले दायर गरेको रिटमा उच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी ।

१०. विरोधको नयाँ तरिका : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको पक्राउविरूद्व रचनात्मक विरोध स्वरूप देउसी–भैलोलाई प्रयोग गर्ने ।

१०. विरोधको नयाँ तरिका : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको पक्राउविरूद्व रचनात्मक विरोध स्वरूप देउसी–भैलोलाई प्रयोग गर्ने ।

११. लम्सालको नाम अनुमोदन : बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन ।

१२. तिहारको दोस्रो दिन : तिहारको दोस्रो कागको पूजा गरेर कागतिहार मनाइयो ।

१३. सर्वोच्चको आदेश : वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश ।

१४. १०१ काम : लुम्बिनी प्रदेश सरकारको १०० दिनको १०१ उपलब्धि सार्वजनिक ।

१५. नइम बने प्रमुख : नइम कासिम हिजबुल्लाहका नयाँ प्रमुख नियुक्त ।