३ श्रावण २०८३, आइतबार

रामकिसुनले पाए हिरोको मोटरसाइकल किन्दा ५ लाख नगद

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । सीजी हिरो एक्कासी मालामाल दशैं तिहार अफरअन्तर्गत एक जना भाग्यशाली विजेताले नगद क्यासब्याक पाँच लाख रुपैयाँ पाएका छन् ।

विजेता रामकिसुन यादवले लाहानको हिरो सोरुमबाट हिरो स्प्लेण्डर प्लस मोटरसाइकल किनेका थिए । यादव क्यासब्याक योजनाअन्तर्गत भाग्यशाली विजेता हुन सफल भएको कम्पनीले जनाएको छ  ।

सीजीले दशैं तिहार लक्षित गरी ‘एक्कासी मालामालः ‘दशैं तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको छ । यो अफरअन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्म जित्ने मौका साथै बम्पर उपहारमा नेटा भि इभी कार जित्ने योजना रहेको छ ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरूसमेत कायम गर्दै आएको छ । सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

त्यस्तै, कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ । लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, यी उत्पादनमा यूनिक फिचरसमेत रहेको कम्पनीले जनाएको छ ।