
काठमाडौं, १४ कार्तिक । नेपाल टेलिकमले गत भदौ १० देखि १२ गते सम्म वर्षाका कारण आएको बाढीपहिरोबाट पीडित भएकाको राहतका लागि एक करोड बढी सहयोग गरेको छ ।
टेलिकमले एक करोड दुई लाख ७० हजार दुई सय चौध रूपैयाँ त्रियासी पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको जानकारीपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रि पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरेकी हुन् ।
जानकारी पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशन समेत दिएका थिए ।









प्रतिक्रिया