२२ असार २०८३, सोमबार

तिहारको उपलक्ष्यमा सानिमा बैंकद्धारा बिगमार्टमा छुटको व्यवस्था

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कार्तिक । सानिमा बैंकले नेपालीहरू दोस्रो ठुलो चाड तिहारमा आफ्ना ग्राहकहरुलाई बिगमार्गटमा विशेष छुट योजना ल्याएको छ ।

डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगामार्ट प्रा.लि) संगको सहकार्यमा छुटको व्यवस्था गरिएको हो ।

सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कार्तिक १५ देखि कार्तिक १८ सम्म लागु हुने बैंकले जानकारी दिएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथाअफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers बाट हेर्न सकिने छ ।