८ असार २०८३, सोमबार

ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ ।

विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक/श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भने ।

ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताइन् ।

गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।