१४ असार २०८३, आइतबार

स्मार्ट च्वाईस र सिटी एक्सप्रेसबीच भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

आइतबार सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा आयोजित कार्यक्रमकाबीच स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सिटी एक्सप्रेस मनि ट्रान्सफरका निर्देशक कृष्णराज पौडेलबीच स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो ।

यस सम्झौता पश्चात सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन् ।

विगत दुई दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाईस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो । यस सेवामार्फत बैंक वित्तीय संस्थालगायत रेमिटान्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठूला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । यस सेवाको सुरुवात पश्चात सिटी एक्सप्रेस मनि ट्रान्सफरमार्फत प्राप्त हुने रेमिटेन्स रकम बैंक खातामा ट्रान्सफर अझै छिटोछरितो र भरपर्दो बन्ने दुवै पक्षले जनाएको छ ।