२७ असार २०८३, शनिबार

गायिका पूर्णिमा लामाले ल्याइन् ‘पुरानो घाउ’

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । गायिका पूर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन् ।

धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पूर्णिमा लामा स्वयम फिचर्ड छिन् । भिडियोमा उनी निकै भावुक देखिएकी छिन् ।

शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका छन् ।

प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।