२८ जेष्ठ २०८३, बिहिबार

अपि पावरले ४ कम्पनीमा लगानी गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । अपि पावर कम्पनीको साधारणसभा सम्पन्न भएको छ ।

गौशालाको होटल क्रिष्टल पशुपतिमा आज बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ । वार्षिक प्रतिवेदनको छलफलमा अपि पावर कम्पनीको संस्थापक अध्यक्षदेखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८० र ०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणहरुलाई सेयरधनीहरु सामु छलफल गर्दै पारित गरेको हो ।

सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, यस अगाडि घोषणा भएको ९.५१३५ प्रतिशतबाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन ।

यस बाहेक सभाले लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ ।

सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहनेगरी लगानी गर्ने प्रस्ताव अगाडि सारेको थियो । कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाईसहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडि बढाइसकेको छ ।

यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहनेगरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मे.वा. निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

त्यस्तै, अपि पावर कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३ मे.वा. निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ ।

यस बाहेक अपिको बहुमत लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना ९११ मे.वा.को निर्माण अन्तिम चरणमा रहेको र लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

त्यस्तै, कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना सञ्चालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपाने नियुक्त भएका छन् भने महिला सञ्चालकमा सिर्जना खड्का नियुक्त भएकी छिन् ।

कम्पनीले सभा प्रयोजनका लागि कम्पनीको कात्तिक २ गते एक दिनका लागि सेयरको दर्ता किताब बन्द गरेको थियो । अर्थात कार्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन् ।