२७ असार २०८३, शनिबार

एलजीका उत्पादनमा ४० प्रतिशतसम्म क्यासब्याक र पक्का उपहार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले दशैं, तिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुशीको पल’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर भन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।

‘हामी नेपाली उपभोक्ताहरुलाई हाम्रो एलजी उत्पादनहरुमार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधै प्रतिबद्ध छौँ,’ सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुशोत्तम भण्डारी भन्छन्, ‘यस पर्वको अवसरमा हामीले एलजीसँग खुशीको पल अभियानमार्फत नेपाली परिवारहरुको खुशीयालीमा थप उत्साह भर्न चाहेका छौँ ।’ यसका साथसाथै शून्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको कम्पनीले जनाएको छ ।

यो योजना भदौ २३ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ । नेपालभर एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।