७ असार २०८३, आइतबार

मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । राजधानीम सम्पन्न विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले चुमेकी छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले उपाधि चुमेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक एवम् माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले फाइनलमा सोधेको प्रश्नको सटिक जवाफ दिएर डेनिलाले उपाधि हासिल गरेकी हुन् । उनले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरेकी छिन् ।

प्रतियोगितामा मिसेस नेपाल वर्ल्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरेकी छन् । उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस्तै, सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हासिल गरिन् । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् । जसको फाइनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुगेकी थिइन् ।

समारोहमा नेपालकी अग्रज हास्य अभिनेत्री वसन्धुरा भुषाललाई ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पुर्‍याएबापत मानार्थ मिसेस नेपाल वर्ल्ड सम्मान २०२४ बाट सम्मानित गरिएको थियो ।

रिबन इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोइराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।