६ असार २०८३, शनिबार

लक्ष्मी सनराइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ कात्तिक । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।

बैंकको पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर ६ स्थित हल्लनचोक (लेकसाइड)मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा नम्बर २७ स्थित लेखनाथ (तालचोक) शाखामार्फत सेवा लिन सकिने बैंकले जनाएको छ ।

सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । यो काउन्टर पोखरा महानगरपलिका वडा नम्बर १६ को बाटुलेचौरमा स्थापना भएको हो । साथै, ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा नम्बर ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।