६ असार २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग भेटेको हल्ला, एमाले–काँग्रेससँग मिलेकोमा पछुतो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन् ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिवार काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वराजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताएका छन् ।

उनले रवीन्द्र मिश्रलाई भेटेपछि पूर्वराजासँग भेटेको भनेर भ्रामक हल्ला फैलाएको भन्दै आपत्ति जनाए । उनले आफूलाई बदनाम गर्न यस्ता कुरा ल्याएको बताउँदै भने– ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन् । म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बिच बाटोबाट फर्केको सुनेको छु, मैले भेटेको छैन’– अध्यक्ष प्रचण्डले भने– ‘जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भनेको भन्नु सही होला ?’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–