
काठमाडौं, ९ कार्तिक । केपी ओली नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनलाई लिएर असहमति प्रकट गरेको छ ।
आज बसेको सत्तारुढ दलहरूको बैठकले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्न खोजिएको भन्दै असहमति जनाएको हो । बैठकपछि जारी ६ बुँदे साझा विज्ञप्तिको चौंथो बुँदामा यो विषय समेटिएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरू भएको दाबी विज्ञप्तिमा गरिएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया