२ असार २०८३, मंगलबार

कामना सेवा विकास बैंक ‘साफा अवार्ड’ले सम्मानित हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा)ले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने भएको हो ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा)ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो । बैंकले आफ्नो १७औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्वोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो । जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तानलगायत विभिन्न एघारवटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरु समावेश छन् ।

साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आइरहेको छ । बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३’मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड समेत प्राप्त गर्न सफल थियो ।