
काठमाडौं, ९ कात्तिक । एभरेष्ट कलर लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा मंसिर १ गते शनिबारका दिन सभा डाकेको हो ।
सभा ह्वाइट प्यालेस बैंकेट मध्यपुरठिमी-३, भक्तपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कम्पनीले निकट भविष्यमा साधारण सेयर आइपिओ पनि जारी गर्ने तयारी गरेको छ । यो प्रस्ताव कम्पनीले आफ्नो यस साधारणसभामा पनि पेश गरेको छ । कलर सेक्टरको पहिलो पटक आइपिओ जारी गर्ने तयारी कम्पनीको छ।
२६ करोड चुक्ता पुँजी रहेको कम्पनीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया