
काठमाडौं, ८ कात्तिक । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले फोनपोइन्टस्सँग सहकार्य गर्ने निर्णय गरेको छ ।
नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनपोइन्टस्सँग सहकार्य गर्ने निर्णय गरेको हो । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्न नियमित प्रयोगकर्ताहरूलाई दिइने लोयल्टी प्वाइन्टस्लाई एकीकृत गर्ने विकल्प दिइएको कम्पनीले जनाएको छ । एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
फोनपोइन्टस्को सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लोयल्टी अभियानहरुप्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।
फोनपोइन्टस्का सीईओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोनपोइन्टस् एपबाट पनि गर्न मिल्ने भएका कारणले प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ । यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुकको साथै फोनपोइन्टस्को विस्तार गर्न सहयोग गर्न सक्ने पौडेलले बताए ।
प्रयोगकर्ताहरूले फोनपोइन्टस् वा पार्टनर एपमार्फत आफूले कमाएको फोन प्वाइन्टस्को विवरण हेर्न, विभिन्न अफर अवोलोकन गर्दै फोनपोइन्टस् प्रयोग गरी आफूले चाहेको अफरहरु प्राप्त गर्न सक्नेछन् जसले प्रयोगकर्ताको अनुभवलाई सरल बनाउँछ ।
इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो, जसले अनलाइन भुक्तानी, रकम पठाउने, मोबाइल रिचार्ज, र युटिलिटी बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दछ । ८६ लाखभन्दा बढी ग्राहकहरू, २ लाख ३८ हजार बढी एजेन्टहरू र ४९ बैंकहरूको विशाल नेटवर्क रहेको इसेवा नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त सुरक्षित डिजिटल वालेट हो ।








प्रतिक्रिया