
काठमाडौं, ७ कार्तिक । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म ११ करोड ५ लाख रूपैयाँ नाफा कमाएको छ ।
यो अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो अवको तुलनामा नाफा ८९.०६ प्रतिशतले नाफा घटेको हो । गत वर्ष बैंकले १ अर्ब १ करोड ३ लाख रूपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ ।
सञ्चालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रूपैयाँ छ भने प्रति शेयर आम्दानी २५ रूपैयाँ ६७ पैसाले घटेर २ रूपैयाँ ९१ पैसामा झरेको छ । यसको प्रति शेयर नेटवर्थ २०३ रुपियाँ ७९ पैसा छ ।
बैंकको हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ छ ।








प्रतिक्रिया