
काठमाडौं, ७ कार्तिक । चालु आर्थिक वर्षको त्रैमासमा माछापुच्छ्रे बैंक लिमिटेडले ५० करोड बढी नाफा कमाएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत र कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ ।
त्यस्तै, सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ । बैंकको ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको निक्षेप ६.२३ प्रतिशत र कर्जा बढेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ।









प्रतिक्रिया