९ असार २०८३, मंगलबार

भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नेपालको लागि सुजुकी दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर)को आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले एमएडब्लू हायर पर्चेज प्रालिसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दिमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ ।

एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भिजि सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटहरूमार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने भएको छ । साथै, यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले बताएको छ ।

यो सम्झौताको माध्यमबाट ग्राहकहरूले छिटो र छरितो सेवाको साथ २४ महिनासम्मको किस्ताबन्दीमा सुविधाजनक ईएमआई विकल्पहरूमार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रुपमा फाइनान्सिब सुविधाहरूको लाभ प्राप्त गर्न सक्दछन् । ‘यो सम्झौताले नयाँ सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न ग्राहकहरुलाई बिना झन्झट, एकै ठाँउबाट सरल र सुलभ फाइनान्स सुविधा प्रदान गर्नेछ ।’ भीजी अटोमोबाइल्स महाप्रबन्धक धिरज भट्टराईले बताएका छन् ।

कम्पनीले हाल बजारमा सुजुकी ब्राण्डका भी स्ट्रोम, जिक्सर, हयात, इन्ट्रुडर, एभेनिस, एसेस, बर्गम्यानलगायत मोडलका मोटरसाइकल तथा स्कुटरहरु बिक्री वितरण गर्दै आइरहेको छ ।