९ असार २०८३, मंगलबार

टाटाको टियागो ईभी बुकिङमा सुनको असर्फी वा आइफोन-१६ प्रो पाइने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कात्तिक ८, ९, र १० गते टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन-१६ प्रो प्राप्त गर्न सक्नेछन् । उल्लेखित अफरहरु धनतेरस एक्सचेङ धमाकाको ३ दिनका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।