९ असार २०८३, मंगलबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सोमबार एकैदिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर २ हजार ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।