१ असार २०८३, सोमबार

‘सर्वोत्कृष्ट चित्रकार अवार्ड-२०२४’ विष्णु परियारलाई

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । चित्रकार विष्णु परियार ‘ग्लोबल एक्सिलेन्स अवार्ड-२०२४’मा सर्वोत्कृष्ट चित्रकार अवार्डबाट सम्मानित भएका छन् ।

एबीएम र नेपाल कल्चर एण्ड फिल्म सेन्टरको आयोजनामा भएको ग्लोबल एक्सिलेन्स अवार्ड २०२४ मा परियालाई सर्वोत्कृष्ट चित्रकारको अवार्डबाट सम्मानित गरिएको हो ।

चित्रकार परियार खासगरी तैल माध्यममा मुहार चित्र सृजना गर्छन् । डेढ दशक अघिदेखि काठमाडौंमा बसेर कला सृजना गर्दै आएका परियारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य, प्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, प्रधान सेनापति राजेन्द्र थापादेखि समाजका थुप्रै लब्दप्रतिष्ठित व्यक्तिहरूको मुहार चित्र बनाइसकेका छन् ।

मुहार चित्रबाहेक परियारले लामो समयदेखि नेपाली जनजीवन र दृश्यचित्रलाई आफ्नो क्यानभासमा उतार्दै आएका छन् ।

परियारको विचारमा कला भनेको आफ्नो मनको अभिव्यक्ति क्यानभासमा उतार्नु हो । मान्छेले निर्वाधरूपमा आफ्ना मनका अभिव्यक्ति प्रस्तुत गर्न सक्नु नै कला हो । हरेक दिन आफ्नो कला स्टुडियोमा क्यानभास र कुचीसँग एक्लै रमाइरहने कलाकार परियार सकुञ्जेल चित्र नै कोरेर बाँच्ने बताउँछन् ।