७ श्रावण २०८३, बिहिबार

‘ज्वाइँ साब’ले दुई सातामा कति कमायो ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ । फिल्म निर्माण पक्षले आइतबार फिल्मको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ ।

वितरकका अनुसार फिल्मले दोस्रो सातासम्म आइपुग्दा तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको ब्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।