
पोखरा, ४ कात्तिक । सहकारी पीडितहरूले आज पोखरामा प्रदर्शन गर्ने भएका छन् ।
सहकारी पीडित संघर्ष समितिले प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । उनीहरूले पोखराको राष्ट्रबैंक चोकमा बिहान ११ बजे बचत रकम फिर्ताको माग र न्यायको लागि आन्दोलन चर्काउन लागेका हुन् ।
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेसँगै न्याय पाउने आशा जागेको सहकारी पीडितले जनाएका छन् ।
लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार राति नै पोखरा लगिएको थियो । हिजो शनिबार अदालत बिदा भएकाले आज उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो ।
यसैबीच, रास्वपाले सभापति लामिछाने पक्राउविरुद्ध पोखरामा प्रदर्शन जारी रहने जनाएको छ । हिजो शनिबार पनि रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गरेको थियो ।









प्रतिक्रिया