
काठमाडौं, १ कार्तिक । हिन्दुहरुको महानपर्व बडा दशैं विसर्जन गरिएको छ ।
गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन भएको हो । बडादशैं समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालीलाई सकिएको छ । नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया