
काठमाडौं, २९ असोज । मुक्तिनाथ विकास बैंक र आईडिया नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धिलगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडिया नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गर्नुभएको थियो ।

यस सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतीहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधारसहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरणलगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया