
काठमाडौं, २५ असोज । गायक कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानको युगल गायनमा रहेको नेपाल भाषाको गीत ‘माखायात ग्वंगः माः’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत स्वयम् गायक महर्जनको रहेको छ । गीतलाई हरि शरण सायमीले संगीत संयोजन गर्नुभएको हो ।
म्युजिक भिडियोमा किरण जोशी र आराध्या लक्ष्मी खड्गीबीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
लुभु वेभ म्युजिक इन्स्टिट्युट एण्ड स्टुडियोमार्फत भिडियोको छायाँकन र सम्पादन भएको हो । बाल मुकुन्द प्रजापतिको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘कृष्णभक्त महर्जन’ युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।








प्रतिक्रिया