
काठमाडौं, २५ असोज । यो दशैंमा टाटाको पन्च इभी, टियागो इभी, टिगोर इभी, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ ।
यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च इभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ ।
सुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको टाटा पन्च इभीमा कम्पनिले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताउनुहुन्छ । सिजापतिकाअनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभीले नेपालमा राम्रो बजार लिइरहेको छ ।

टाटाको पन्च इभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभि बजेट सेग्मेंटको सर्वाधिक बिक्री भएको मोडल हो । यो दशैंमा पनि टियागो इभीको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । विशेषगरी महिलाहरु र पहिलो गाडी लिन खोज्नुभएको ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल भएको टियागो इभीको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै, टाटाको टिगोर इभीको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

यो दशैंमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भएसंगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ । यसको साथै दशैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ । साथै, टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ ।
बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबुस्थित दुई वटा सर्भिस सेन्टरहरु खुल्ला हुनेछन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । बाटोमा रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ । निःशुल्क चार्जिङ्ग एक्प्रेस टिमा भने लागू हुने छैन । सिप्रदीको नेपालभरि १८५+ चार्जिङ्ग नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन् ।








प्रतिक्रिया