२२ असार २०८३, सोमबार

यस्तो छ फिल्म ‘एक्टरः टेक वन’को पहिलो गीत ‘दिन बित्ला’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ ।

रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रिति कौरको आवाज छ, शब्द राजेश कुमार श्रेष्ठ र संगीत एलिश कार्कीले दिनुभएको छ ।

शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गर्नुभएको गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ ।

शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र नवअभिनेत्री दिव्या रायमाझी आकर्षक शैलीमा देखिनुभएको छ ।

यो चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएकी दिव्यालाई ‘बोल्ड एन्ड ब्यूटीफुल’ रूपमा प्रस्तुत गरिएको छ । उहाँ चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुनुहुन्छ र अमेरिकाबाट नेपाल फर्केर आफ्नो करियरको सुरुआत गर्नुभएको हो । गीतको भिडियोमा प्रदीप र दिव्याको केमेस्ट्रीले दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ ।

चलचित्र ‘एक्टरः टेक वन’को टिजर पहिले नै लोकप्रिय बनेको छ, जसले दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ । अब सार्वजनिक गरिएको ‘दिन बित्ला’ गीतले दर्शकको आशालाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

चलचित्रलाई राजन भुसालले निर्देशन गर्नुभएको छ र स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ ।

प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो ।

निर्माता थमनकुमार भण्डारी, सहनिर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुनुहुन्छ ।

नरेन्द्र मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।

हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले संगीन दिनुभएको छ र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गर्नुभएको छ ।

पोस्ट प्रोडक्सन सुपरभाइजर साहिल खान रहनुभएको छ भने रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको छ । चलचित्रको मिडिया प्लानिङ जीवन पराजुली र इभेन्ट प्लानिङ लिभेन्ट्स स्टुडियोले गरेको छ । द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गर्नुभएको छ ।