६ श्रावण २०८३, बुधबार

हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को अफिसियल पोस्टर सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गर्नुभएको हो । अधिकारीले यसअघि चलचित्र ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गर्नुभएको थियो ।

पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाइरहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को निर्माण गर्नुभएको हो । आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा निर्माता अधिकारी विश्वस्त हुनुहुन्छ ।

गत साता चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतले युट्युबमा दर्शकको राम्रै प्रतिक्रिया पाइरहेको छ ।

चलचित्र ‘फिरफिरे फिरिरी’ मा सन्दीप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गर्नुभएको हो ।

यस चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।

चलचित्रलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।