२८ असार २०८३, आइतबार

मानिसजस्तै चपस्टिक्सले नुडल खाने चिम्पान्जी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, २४ असोज । चीनको एक चिम्पान्जीले मानिसजस्तै चपस्टिक्सले नुडल खाने नयाँ सीप हासिल गरेको छ ।

चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरुको भीड लागेको छ ।

२३ वर्षीय युहुइ नाम गरेको चिम्पान्जीले मानिसहरुलाई चकित पारेको यो पहिलो पटक भने होइन । यसअघि क्यामेरा सफा गरेको, साबुन र ब्रशले लुगा धोएको साथै र प्लेटहरू सफा गर्दै गरेको भिडियोहरु कैद भएका थिए ।

चिडियाखानामा बस्दै आएको युहुइले मानिसको नक्कल गरेर धेरै सीपहरू हासिल गरिसकेको छ । (सीसीटीभी प्लस/एनएनबी)