
काठमाडौं, २३ असोज । महालक्ष्मी विकास बैंकले दशैं, तिहार लगायत चाडवाडलाई लक्षित गरी मोबाइल एप्लिकेशन ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।
महालक्ष्मी स्मार्ट साथीबाट पाइने सुविधाहरू निम्नलिखित छन्
महालक्ष्मी स्मार्ट साथीमार्फत तल उल्लेखित सुविधाहरू पाउन सकिन्छ –
– रियल टाइममा नै रु ८,००,००० (अक्षरूपी आठ लाख) सम्म मुद्धती धितोे कर्जाको सुविधा । यस्तो सुविधाप्रदानगर्नेमामहालक्ष्मीविकास बैक नेपालमाविकास बैंकमानै पहिलो बैंक बनेको छ ।
– अनलाइनमार्फत नै के.वाई.सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा।
– आफूले चाहेको बचत तथा मुद्धती खाताखोल्न आवेदनदिन सक्ने सुविधा ।
– ग्रााहकले स्वयमले आफु कर्जाको लागि योग्यहुन सक्ने वानसक्ने सम्बन्धमा स्वयमजाँचगर्न सक्ने सुविधा ।
– एप्लिकेसन मार्फत नै कर्जाको आवेदनगर्न सक्ने सुविधा
यस एपको शुरुवात सँगै ग्राामीण तथा अर्धसहरी क्षेत्रमा बैंकिङ्ग सेवाहरुको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
मोबाइल एप्लिकेशन प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोरमा पनि उपलब्ध रहेको छ ।








प्रतिक्रिया