१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सानिमा बैंकको २५ लाख सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन् ।