२४ जेष्ठ २०८३, आइतबार

मेटलाइफका स्वयंसेवकद्वारा मानवसेवा आश्रमका १७ सय बढीलाई भोजन प्रदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । मेटलाइफ लाइफ इन्स्योरेन्सले मानवसेवा आश्रमका १७ सय बढीलाई भोजन गराएको छ ।

मेटलाइफले विश्वव्यापी “भोलुनटरिङ्ग विथ परपोस“ अभियान र स्थानीय समुदायहरूलाई सहयोग गर्ने निरन्तर प्रतिबद्धताको निरन्तरता अन्तर्गत देशका विभिन्न आश्रमहरूमा पुगेर भोजन गराएको हो ।

मेटलाइफले “फूड फर हेल्थ“ अभियान चलाएरै देशभरका विभिन्न आश्रमहरूमा गएर पौष्टिक खाना र उत्थानका गतिविधिहरू आयोजना गरेको हो । मेटलाइफका एकसय भन्दा बढी कर्मचारी र अभिकर्ता सदस्यहरूले मानवसेवा आश्रमका नेपालभरका २४ वटा शाखामा ३ दिनसम्म स्वयंसेवा गर्नुभएको छ ।

अभिकर्ता र कर्मचारीहरूले खाना मात्रै खुवाएको नभइ आश्रममा रहनुभएकाहरूको व्यक्तिगत हेरचाह, र आश्रम परिसरको सरसफाइ पनि गर्नु भएको थियो । उहाँहरूले सांस्कृतिक प्रदर्शन, प्रार्थना सत्रहरू र रमाईलो गतिविधिहरू मार्फत आश्रममा रहनु भएको बेसाहाराहरूलाई मनोबल उच्च बनाउन सहयोग गर्नुभएको हो ।

मेटलाइफ नेपालका उपाध्यक्ष र महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले “फूड फर हेल्थ कार्यक्रमबाट केवल तत्कालीन आवश्यकताहरू सम्बोधन मात्रै नगरी सेवा सुविधाबाट वञ्चित समुदायहरूमा आशा र गरिमाको भावना पनि फैलाइरहेको बताउनुभयो । यस स्वयंसेवा प्रयासले आफूहरूको उद्देश्य र सोचहरूलाई जीवन्त बनाउँदै आवश्यकता भएका व्यक्तिहरूको जीवनमा ठोस प्रभाव पार्ने प्रतिबद्धतालाई प्रकट गर्ने पनि स्पष्ट पार्नुभयो ।