
काठमाडौं, २२ असोज । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।
यस्तैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको थियो ।















प्रतिक्रिया