
काठमाडौं, २१ असोज । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २४६ पुगेको छ।
नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म १८ जना बेपत्ता छन्। त्यस्तै, १७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
उनका अनुसार कुल १७ हजार १७४ को उद्धार गरिएको छ। सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ। बागमतीमा मात्रै १३९ जनाको मृत्यु भएको छ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया