२४ जेष्ठ २०८३, आइतबार

लुम्बिनी विकास बैंकले जित्यो बेस्ट बैंक नेपालसहित पाँच उपाधि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।

इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेस्ट बैंक, बेस्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेस्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेस्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको हो ।

अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।

इण्डियन चेम्बर अफ कर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।

स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शीता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकाले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक र नियमनकारी निकायलगायत सबैको योगदान र सहयोग रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

३.५ अर्ब चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा रहेका छन् ।