१४ असार २०८३, आइतबार

महालक्ष्मी विकास बैंक बन्यो पहिलो ‘भिसा थ्रिडी सेक्योर्ड कार्ड’ प्रदान गर्ने बैंक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एनपीआर कार्डहरुमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको छ ।

नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ । यस सुविधा थप गरेसँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबारसमेत प्रमाणीकरण हुनेछ । यस प्रत्रियाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेजमार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् र त्यस पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।

यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास लिएको बैंकले जनाएको छ ।

यस्तो छ थ्रिडी सुविधा थप गर्दा हुने फाइदाहरु :

-यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइनमार्फत हुने ठगीबाट बच्न सक्नेछ्न ।

-ग्राहकहरुको वित्तीय जानकारी सुरक्षित हुने साथै अनाधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्नेछन् ।

-रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ ।

-विश्वभर रहेका हजारौँ इ­कमर्श वेभसाइटहरुले भिसा थ्रिडी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्नेछ्न ।

थप जानकारी तथा सहायता आवश्यकता परेमा ग्राहक सहायता कक्ष तथा बैंकको नजिकको शाखा कार्यालयमासमेत सम्पर्क गर्न सक्नेछन् । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।