
काठमाडौं, २१ असोज । मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बाढी, पहिरो र डुबानका कारण प्रभावित समुदायहरूका लागि मेटलाइफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको हो ।
भारी वर्षाले देशभरि ठूलो क्षति पुर्याएको छ, धेरै परिवारहरू विस्थापित भएका छन् र तत्काल प्रभावित क्षेत्रहरुमा सहायताको आवश्यकता छ । यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्नुभयो, ‘अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौँ कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ ।’








प्रतिक्रिया