११ श्रावण २०८३, सोमबार

प्रभु ग्रुपद्वारा दैवी प्रकोप उद्वार कोषमा एक करोड पचहत्तर लाख सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । प्रभु ग्रुपले बाढीपहिरो प्रभावितको सहयोगका लागि एक करोड पचहत्तर लाख सहयोग गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रभु ग्रुप अन्तर्गतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा सहयोग रकम प्रदान गरिएको हो ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड पचहत्तर लाख रूपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।