२९ असार २०८३, सोमबार

प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । उपभोग्य वस्तुहरूको उत्पादनमा अग्रणी नाम मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण कोमल र पोषणकारी शिशु स्याहारका उत्पादनहरूको समर्पित लाइन प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन रेन्ज विस्तारको सगर्व घोषणा गरेको छ । यो नयाँ रेन्ज सुरुवातको अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणमा सहयोग गर्न प्रख्यात सामाजिक पहल एक एक पाइलासँग साझेदारी गरेको छ ।

यस सहकार्यमार्फत् प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाले अत्याधिक खाँचोमा परेका कमजोर पृष्ठभूमिका शिशुहरूलाई आवश्यक शिशु स्याहार उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेका छन् । यस क्रममा नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल सम्मिलित कुल एक हजार बेबी केयर किटहरू वितरण गरिनेछ ।

‘हरेक बच्चालाई स्वस्थ जीवनको सुरुवात गर्ने हक छ’, एक एक पाइलाका व्यवस्थापक अशोक पाण्डेले भन्नुभयो, ‘प्यारासुट एडभान्स्ड बेबीसँगको यो पहलमार्फत् नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्यौँ । यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ ।’

विशेष गरी नवजात शिशुहरूका लागि डिजाइन गरिएको प्यारासुट एडभान्स्ड बेबीको नयाँ उत्पादन रेन्जमा नरिशिंग क्रीम, टियर-फ्री स्याम्पु, मसाज तेल र रिफ्रेसिङ पाउडर रहेका छन् । प्रत्येक उत्पादन भर्जिन नरिवलको तेलले भरिएको छ र बच्चाहरूको संवेदनशील छालाको लागि व्यापक स्याहार प्रदान गर्न तयार गरिएको कम्पनीले जनाएको छ ।