
काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअननुसार, अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४७ रुपैयाँ १६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८२ पैसा, पाउण्ड स्टर्लिङको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६७ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्कको खरिददर १५६ रुपैयाँ २१ पैसा र बिक्री दर १५६ रुपैयाँ ९१ पैसा छ।
अष्ट्रेलियन डलर ९१ रुपैयाँ ११ पैसा (खरिद) र ९१ रुपैयाँ ५२ पैसा (बिक्री), क्यानेडियन डलर ९८ रुपैयाँ ७६ पैसा (खरिद) र ९९ रुपैयाँ २० पैसा (बिक्री), सिङ्गापुर डलर १०२ रुपैयाँ ७५ पैसा (खरिद) र १०३ रुपैयाँ २१ पैसा (बिक्री) निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ ।









प्रतिक्रिया