२५ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्री उद्धार कोषमा मेटलाइफ इन्स्योरेन्सद्वारा २५ लाख हस्तान्तरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । मेटलाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २५ लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ लाख रूपैंयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

आज प्रधानमन्त्री ओली समक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख भएको छ ।

सहयोग गर्ने सबै संस्थाहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताउनुभयो ।