२५ जेष्ठ २०८३, सोमबार

नेपाल लाइफद्वारा ‘हामीलाई त बडादशैं लाग्यो है !’ नामक टिकटक प्रतिस्पर्धा आयोजना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । बडादशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडादशैं लाग्यो है !’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

‘हामीलाई त बडादशैं लाग्यो है !’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ-आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्ने मध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रम ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्नेछन् ।

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैको लागि यो बडादशैं रमाइलो रहोस् भन्ने कामनासहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफले सबैलाई आह्वान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडादशैं २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभएको छ । कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गर्नुभयो । कम्पनीले आगामी दिनमासमेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने उहाँले बताउनुभएको छ । यसका साथसाथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडादशैं २०८१, तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।